सडक छेउका घरटहरा हटाइदैँ, नमाने ड्रोजर लगाएरै हटाउने तयारी

0

कोशी अनलाइन
उत्तम पोख्रेल
फागुन २९, बेलबारी, सडक अतिक्रमण गरी बनाइएका टहरा सुन्दरहरैंचा नगरपालिकाले हटाएको छ । एक हप्ता भित्रमा सडक अतिक्रमण खाली नगरे ड्रोजर लगाउने भनि नगरपालिकाले सूचना नै जारी गरी चेतावनी दिएपछि अहिले सडकमा बनाइएका टहरा तथा अन्य सामाग्री हटाइन थालेका हुन् ।

दैनिकजसो सडक साघुँरो हुँदा सडक दुर्घटना बढने गरेका छन् । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सडकलाई फराकिलो बनाउँने योजना गर्दैगरेको बताएका छन् । ढकालका अनुसार नगरपालिकाको अभियान भनेको सुन्दरहरंैचा नगरपालिकालाई नमुना नगर बनाउने लक्ष्य हो । उद्योगवाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागार्इंले साघुँरो सडकका कारण दुर्घटना बढ्नुका साथै नगरपालिकामा आउँने सुन्दरता समेत कुरुप बन्दै जान थालेको बताउँछन् ।
सवारी साधन दिनप्रतिदिन बढदै गइरहेका छन् तर सडकको अवस्था भने अहिलेसम्म हेरिएको छैन् अध्यक्ष चापागार्इंले भने आर्थिक मेरुदन्ड मानिएका करदाता नै अहिलेसम्म असुरक्षित रहेका छन् । सडकमा यात्रा गर्ने मात्रै होईन सँग ब्यापार गर्ने ब्यापारी समेत असुरक्षित रहेको चापागाईको भनाइ छ । यसैगरी सडककै किनारमा लाग्ने साप्ताहिक हटियाको समेत ब्यवस्थापन गरिएको छ ।

विहिबार खोर्सानेमा लाग्ने साप्ताहिक हटिया जग्गा भाडमा लिएर अन्यत्रै ब्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । सडक बिभागले नै केहिसमय अघिदेखि नै सडकमा भएका अतिक्रमण हटाउन सूचना गर्दै आएपनि स्थानीयले भने त्यसको अटेर गर्दै आईरहेका थिए । सडक विभागले १ सय ५ फिटको सडक बिस्तार गर्ने भन्दै सुचना जारी गरेपनि स्थानीयतहले भने ८२ फिट मात्रै कायम गर्ने जनाएका छन् ।

यस्तै बेलबारी नगरपालिकाले पनि ८२ फिट सडक भित्र बनेका संरचना हटाउने भएको छ । सडक, खोला तथा पैनि मिचेर बनाइएका घर तथा टहरका कारण बेलबारी बजार डुबानमा परेको भन्दै वडा नम्बर १ ले खोलाको भाग छुट्याउन थालेको छ । ड्रोजरनै लगाएर खोला मिचेर बनाइएका संरचना हटाउन थालिएको वडा अध्यक्ष चक्र खुलालले बताए । केहि दिनभित्रनै सडक मिचेर बनाइएका संरचना हटाईने समेत उनले बताए । खोला साघुँरो भएकै कारण गतबर्ष बेलबारी बजारमा बाढी पस्दा लाखौं रुपैयाँ बराबरको क्षती भएको थियो ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW