बिर्तामोडका सुनचाँदी व्यवसायी मुखिया मृत अवस्थामा फेला

0

झापा । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखिया मृत अवस्थामा फेला परेका छन् । उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

यही फागुन २० गतेदेखि बेपत्ता भएका मुखियाको शव जुटको बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा सोमबार इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडा) सडकबाट करिब २० फिट तल फेला परेको हो ।

रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईका अनुसार शवको पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा भेटिएको हो ।

बिर्तामोडस्थित देवा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै हिडेपछि सम्पर्कविहिन भएका थिए ।

मृतक साजनको स्थाई घर बिराटनगर भए पनि उनि बिगत १० वर्ष देखि झापाको बिर्तामोडमा बस्तै आएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW