बरामद गरिएका अवैध सामान अलपत्र

0

कोशी अनलाइन
फागुन २८, मोरङ, जिल्ला प्रहरी कार्यलय मोरङको घुमुवा प्रहरीले सोमबार जफत गरेको ५० हजार रकम बराबरको अवैध सामान अलपत्र परेको छ । एसपी अरुण कुमार बिसीले अवैध रूपमा भन्सार छलेर सामान आयात गर्ने क्रम बढेपछि चोरी पैठारी नियन्त्रण गर्न सामान बरामद गरिएको दाबी गरेका छन् ।

झोलामा लुकाएर ल्याइएका सामान बरामद गरिएको विषयमा प्रहरीबीच नै अन्तरद्वन्द्व रहेको छ । जिल्लाका घुमुवा भक्तबहादुर विष्टले कलेजरोडबाट बरामद गरिएका अवैध सामानका झोला जिल्ला प्रहरी कार्यालय पुर्याएका थिए ।

दोस्रो पटक बरामद गरिएका सामान किन बरामद गरेको भन्दै प्रहरी अधिकृतले सामान संकलन गर्न गाडी नै पठाएन । जिल्ला प्रहरी कार्यालय मोरङमा ४० वटा अवैध समानसहितका झोला राखिएका छन् भने त्यसपछि बरामद भएका थप सामान प्रहरी कार्यालय नपुगी अलपत्र परेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW