हसन्दहमा हात्ती आतंक, नगरपालिकाको अनुगमन

0

गोपाल पोख्रेल
कोशी अनलाइन
फागुन २८, मोरङ, मोरङको पथरीशनिश्चरेस्थित हसन्दह र रतुवामाईस्थित अमरदहमा जङ्गली हात्तीले घर तथा अन्नबालीमा क्षति पुर्याई आतंक सिर्जना गरिरहेको छ । हात्ती गाउँ पसेर क्षति पुर्याएको खबर आएपछि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दीलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख विजय श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष जोगबहादुर धिमाल र ६ का अध्यक्ष जयबहादुर तामाङसहितको टोलीले सोमबार स्थलगत अनुगमन गरेको छ ।

गत आइतबारदेखि पथरीशनिश्चरे-५ को हसन्दहमा पूर्वको बक्राहा खोलाबाट गाउँ पसेका ६ वटा हात्तीको समूहले गएराती एक दर्जन घरमा क्षति पुर्याएको छ । हात्तीले ५ नम्बर वडाको त्रिवेणी चोकका गोपाल तिम्सिनाको १० औं मन धान खाएर क्षति पुर्याएको छ । हात्तीले गहुँ बालीमा समेत क्षति पुर्याएको छ । त्यहीँका देवी सतारको भान्सा घर भत्काई केही अन्नमा क्षति पुर्याएको छ । गुराँस टोलका मोतीराम शर्माको घरको टाटी भत्काएको छ ।

पुल्चोककी गीता निरौलाको घरको भित्तो र भान्साको छानो मर्काएको छ । वडा नम्बर ६ का हरि राईको घरको बेरा भत्काएर १० मन मकै र ६ मन धान खाएको तथा छिमेकी महेश्वरलाल देवको पनि भान्साको छानो छेडेर पीठो, धान सहितका अन्न खाएको वडा सदस्य जीवन राईले बताए । हात्ती दिउँसैदेखि खोलामा आएर बसेका र राती गाउँमा पसेर आतंक सिर्जना गरेका कारण गाउँलेहरु रातभरी जाग्राम बसेका थिए । हात्ती आज बिहान त्यहाँबाट पश्चिम कानेपोखरी गाउँपालिकाको सीमातर्फको डाँस खोलातिर लागेको राईले बताए । हात्तीले अमरदहतर्फ पनि केही क्षति पुर्याएको बुझिएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW