न्यायाधीश चोलेन्द्रले बहिष्कार गरे इजलास

0

फागुन २८, काठमाडौं, सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज इजलास बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न राणाले अस्वीकार गरेका हुन् ।

डा.गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि सुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिष्कारको घोषणा गरेका हुन् । न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायायाधीश भएको इजलास बहिष्कार गरेका हुन् । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW