विश्वकप क्रिकेट छनोटः नेपालले हङकङलाई जित्नैपर्ने दबाबमा

0

काेशी अनलाइन

 

फागुन २८, विराटनगर, विश्वकप क्रिकेट छनोट प्रतियोतिाअन्तर्गत आज नेपालले हङकङसगँ खेल्दैछ । जिम्बाबेमा जारी आज हुने समूह ‘बी’ को अन्तिम खेल आज खेल्न लागेको हो ।


लगातार तीन खेल हारेको नेपाललाई आज हुने समूह ‘बी’ को अन्तिम खेल फराकिलो अन्तरले जित्नुपर्ने दबाव छ । नेपालले आजको खेल जितेमा ओडीआई स्टाटसको सम्भावना रहन्छ भने हारेमा रेलिगेसनको खतरा रहन्छ । त्यसैले एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्नैपर्ने दबाव नेपाललाई देखिएको छ । यदि नेपालले हङकङलाई फराकिलो अन्तरले हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । झिनो अन्तरमै हङकङलाई हराएमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । तर, त्यसकालागि आज हुने समूह ‘ए’ को खेलमा भर पर्छ । तर, नेपाल हङकङसँग हार्ने र यूएई सुपर सिक्समा पुग्ने हो भने नेपालले ओडीआई स्टाटस पाउने मौका मात्र गुमाउने छैन, फेरि डिभिजन टूमै घटुवा हुनेछ ।

आज यूएई र आयरल्याण्ड तथा नेदरल्याण्ड्स र वेष्टइण्डिज खेल्नेछन् । यदि नेदरल्याण्ड्सले ८७ रन बढीको जित निकाल्यो र आयरल्याण्डले यूएईलाई ५७ रन अन्तरले हरायो भने नेदरल्याण्ड्स सुपर सिक्समा पुग्छ ।

 

नेपाल र हङहङ एक अर्काका चिरपरिचित टिम हुन । अहिलेसम्म यी दुई टिम १२ पटक खेलेका छन् । जसमा छ खेल नेपालले जितेको छ भने पाँच खेल हङहङको पक्षमा गएको छ ।
यस्तो छ नेपाल र हङकङको हेड टु हेड

१९९६ एसीसी ट्रफी इलाइट
नेपाल १३७ (४९ ओभर हङकङ १३९ र ४ (३३.३ ओभर)
हङकङ ६ विकेटले विजयी
१९९८ एसीसी ट्रफी इलाइट
नेपाल १५० (३८ ओभर हङकङ १५४ र ४ (२८.१ ओभर)
हङकङ ६ विकेटले विजयी

२००० एसीसी ट्रफी इलाइट
हङकङ २६८ र ३ (५० ओभर नेपाल ८९ रनमै अलआउट २४ ओभर)
हङकङ १७९ रनले विजयी

२००६ एसीसी ट्रफी इलाइट
नेपाल २११ र ७ (५० ओभर (१२४ ४३.३ ओभर)
नेपाल ८७ रनले विजयी

२००८ एसीसी ट्रफी इलाइट
नेपाल २४५ र ७ (५० ओभर हङकङ २०१र९ (५०ओभर)
नेपाल ४४ रनले विजयी

२०१० एसीसी ट्रफी इलाइट
नेपाल २३६ र ७ (५० ओभर हङकङ ११८ (३३.४ ओभर)
नेपाल ११८ रनले विजयी

२०१२ एसीसी ट्रफी इलाइट
नेपाल २२५ र ५ ५० ओभर, हङकङ १०० (३७ ओभर)
नेपाल १२५ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग
हङकङ १८१ (४१.५ नेपाल १४७ र ३ (३४.१)
नेपाल डिएलमा ७ विकेटले विजयी

२०१४ वर्ल्डकप क्वालिफायर
नेपाल १५० (४९.३ ओभर हङकङ १५४ (३३.२ ओभर)
हङकङ १० विकेटले विजयी

२०१७ एसीसी इमर्जिङ कप
हङकङ २१४ (५० ओभर नेपाल २२० र ३ (४४.२ ओभर)
नेपाल ७ विकेटले विजयी

२०१७ डब्लुसिएल
हङकङ १९४ (५० ओभर नेपाल १११ (३४.५ ओभर)
हङकङ ८३ रनले विजयी
२०१७ डब्लुसिएल रद्द

(क्रिक नेपाल)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW