गुरुकुलमा भोलिदेखि बहुचर्चित नाटक एन्टिगोनी

0

कोशी अनलाइन
फागुन २८, मोरङ, विराटनगर हाटखोलमा अवस्थित शुशिला कोइराला नाटक घर आरोहण गुरुकुलमा भोलिदेखी तीनदिनसम्म बहुचर्चित नाटक ‘एन्टिगोनी’ मञ्चन हुनेभएको छ । आरोहण गुरुकुल विराटनगर र हामी युवाको संयुक्त आयोजनामा उक्त नाटक मञ्चन हुन लागेको हो ।


यही फागुन २९, ३० र चैत १ गते विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा नाटक ‘एन्टिगोनी’ मंचन हुने आयोजक हामी युवाकी उपाध्यक्ष जिना जंग कार्कीले जानकारी दिइन् । ग्रीसेली नाटककार सोफोक्लिजद्वारा लिखित नाटक ’एन्टिगोनी’लाई उत्कृष्ट दुखान्त नाटकमध्येको एक मानिन्छ । मन्डला नाटक घरको प्रस्तुति र राजन खतिवडाको निर्देशनमा बनेको नाटकमा सृजना सुब्बाले एन्टिगोनीको चरित्र निभाएकी छन् ।


नाटकलाई सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका हुन् । नाटकमा सृजना सुब्बाका साथै विजय बराल, रञ्जना वली, विकास जोशी, सोमनाथ खनाल, प्रदीपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW