टोटनह्याम पुग्यो इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा, ह्यारी केन घाइते

0

फागुन २८ – इंग्लिस प्रिमियर लिगको गए राति भएको खेलमा बर्नमाउथलाई हराउदै टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राती बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले हराउँदै टोटनह्याम अंक तालिकामा एक स्थान माथि उक्लिएको हो । टोटनह्यामको लिगमा ३० खेलबाट ६१ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ । म्यान्चेस्टर युनाइटेड ६५ अंकसहित दोस्रो स्थानमा छ ।

टोटनह्यामले बर्नमाउथको एक शून्यको अग्रता उल्टाएको हो । खेलको सातौं मिनेटमै जुनियर स्टानिलासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि त्यसयता बर्नमाउथको पोष्टमा टोटनह्यामले ४ गोल गर्न सफल भयो । ३५ औं मिनेटमा बामीदेले अलीले गोल गरी पहिलो हाफ बराबरी गरे ।

दोस्रो हाफमा टोटनह्यामले ३ गोल थप्यो । ६२ औं र ८७ औं मिनेटमा सोन हुइङ मिनले गोल गर्दा ९१ औं मिनेटमा सर्जी औरियरले गोल गरेका थिए।

यही खेलमा टोटनह्यामका सुपरस्टार ह्यारी केन घाइते भएका छन् । ३० औं मिनेटमा बर्नमाउथका गोलरक्षक अस्मिर बेगोभिकसँगको ट्याकलपछि उनको गोलीगाँठामा चोट लागेको छ । सोमबार एक्स–रे पछि चोटको गाम्भीर्यताबारे जानकारी हुने टोटनह्यामले जनाएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW