रोनाल्डोको बारे यस्तो भने जिदानले

0

एजेन्सी
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सुपर स्टार क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । ३३ वर्षे रोनाल्डोको महत्वपूर्ण भूमिकामा शनिबार एबारलाई २–१ ले हराएपछि जिदानले उनको तारिफ गरेका हुन् । रियलको जितमा दुवै गोल रोनाल्डोले गरेका थिए ।

रोनाल्डोको पहिलो हाफको अग्रता दोस्रो हाफमा इभान रामिसले बराबरी गरेपनि रोनाल्डोले ८४ औं मिनेटमा गोल गर्दै रियलको जितको आधार बनाएका थिए । पछिल्लो सात खेलमा गोल गरेका रोनाल्डोको जिदानले निकै प्रशंसा गरे ।

‘रोनाल्डो अर्कै दुनियाँका हुन् । उनलाई गोल गर्दैछु भन्ने थाहा छ,’ जिदानले भने,‘ उनी असाधारण र विशेष छन् । उनको तथ्याङ्कले सबै बोल्छ । उनी सधै सकारात्मक छन् । उनी दुई गोल गरेपछि अर्कोको लागि पनि प्रयास गर्नेछन् । उनी साच्चै राम्रो छन् ।‘

जिदानले इस्को र ग्यारेथ बेलका बारेमा पनि सकारात्मक टिप्पणी गरेका छन् । यद्दपी उनीहरुले अपेक्षा अनुसार अझै प्रदर्शन गर्न बाँकी रहेको उनको बुझाई छ । ‘ मलाई लाग्छ उनीहरुले राम्रो गरिरहेका छन् । तर जति उनीहरुले गर्न सक्छन् त्यति भएको छैन,’ उनले थपे,‘ यद्दपी उनीहरुले आफ्नो तर्फबाट सक्दो कोशिस गरेका छन् । मोड्रिचले पनि राम्रो गरेका छन् । ’

शनिबारको जितपछि २८ खेलमा रियलको ५७ अंक पुगेको छ । अब टोली दोस्रो स्थानको एट्लेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी छ । रियलले कम्तीमा शीर्ष तीन भित्र यो सिजनको ला लिगा अन्त्य गर्ने सम्भावना बढाएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW