मिसेस स्टेट १ को ताज भरौलकी सम्झनालाई

0

कोशी अनलाइन

फागुन २७, धरान, विवाहित महिलाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको प्रथम मिसेस स्टेट १, २०१८ को ताज भरौलकि सम्झना विकले जितेकी छिन् ।
वुमन वर्थ गु्रपको आयोजनामा विवाहित महिलाहरुले मात्र भाग लिन पाइने प्रतिस्पर्धाको शनिवार सम्पन्न फाइनल चरणमा ३४ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै संम्झनाले मिसेस वेस्ट स्माइलको उपाधि सहित मिसेस स्टेट १ को ताज पहिरेकी छिन् ।

पहिलो चरणमा ३५ जना प्रतिस्पर्धिबाट टप १२ मा पर्न सफल हुदै फाइनल चरणमा ६ जना प्रतिस्पर्धि मध्ये पाँच जनालाई पछि पार्दै ताज आफ्नो पोल्टामा पार्न सम्झना सफल भएकी हुन् । उनले ताज संगै नगद १ एक लाख रुपैयाँ ट्रफि, गिप्mट ह्याम्पर र प्रमाण पत्र प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्टरनर अप ईटहरीकी कानुन कार्की भईने भने सेकेण्ड रनर अप ईटहरीकै निरा विक घोषित भईन । फस्ट रनरअप कार्कीेले एलजि मिसेस वेस्ट पर्सोनालिटिको उपाधि संगै नगद ५० हजार रुपैया हात पारिन् भने सेकेण्ड रनर अप निरा विकले हिन्वा मिसेस ट्यालेन्टको उपाधि सहित नगद २५ हजार रुपैयाँ, ट्रफि र प्रमाण पत्र हात पारीन् ।


विजेताहरुलाई कार्यक्रमका प्रमुख निर्णायक पूर्व मिस नेपाल सुगारिका केसी र कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले ताज तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको व्यक्तिगत उपाधि तर्फ स्वर्ण मिसेस फोटोजनिकको उपाधि आस्मा विक, वराह मिसेस क्याटवक रेखा राई, रिलायवल मिसेस डिसिप्लिन प्रतिमा श्रेष्ठ, क्विन मिसेस व्युटिफुल रस्मि ताम्राकार, मिसेस फ्रेन्डसिप मन्जु लावति र मिसेस एक्टिभ टंक गुरुङ्गले जितेका थिए । उनिहरुले ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन । टाइटल विजेताहरुलाई मिसेस स्टेट १, २०१८ का इभेन्ट डाइरेक्टर ज्योति राई, आर्थिक विभाग प्रमुख रोजि ताम्रकार, निर्णायक समिति संयोजक सुजता श्रेष्ठ, प्रचार संयोजक उमा लिम्वु ताम्रकार लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको फाइनल चरणमा पुर्व मिस नेपाल सुगारिका केसि प्रमुख निर्णायक, डिआइजि ज्ञानविक्रम शाह, अग्रज पत्रकार तथा व्लाष्ट टाइम्स दैनिक प्रवन्ध निर्देशक किशोरकुमार कार्की, महिला अधिकारकर्मि सविता राई, डर्माटोलोजि एचओडि विपिकेआइएचएस डा. सुधा अग्रवाल र इन्डियन पेन्सन अफिस प्रमुख मेजर सुनिलकुमार पाल निर्णायकको भुमिकामा रहेका थिए ।

डिजे ललित राईको कोरियोग्राफिमा सहभागि ३५ जना प्रतिश्पर्धिहरुलाई आयोजकले तिन हप्ता सम्म प्रशिक्षण दिएको थियो । उनिहरुको क्षमता तथा व्यक्तित्व विकासको लागि विभिन्न विद्यामा धरान उपमहानगरपालिका उपमेयर मन्जु भण्डारी, अग्रज पत्रकार तथा लेखक जनकऋषि राई, धरान उपमहानगरपालिका पर्यटन विभाग सहसंयोजक किशोर थुलुङ, महिला अधिकारकर्मि सविता राई, कृति टेलिभिजनका क्रियटिभ डाइरेक्टर मोहन श्रेष्ठ, पत्रकार रोहित राई, कृषक कृष्ण राई, समाजसेवि राजिव हलवाई, फिटनेस प्रशिक्षक रेखा गुरुङ्ग, वविता मगर लगायतले प्रशिक्षण दिएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW