देशका सबै विश्वविध्यालयमा स्ववियु निर्वाचन गराउन माग

0

कोशी अनलाइन
फागुन २७, काठमाडौं, देशका सबै विश्वविध्यालयमा स्ववियु चुनाव गराउन विध्यार्थी संगठनहरूले सरकारसँग माग गरेका छन् । प्रमुख तीन विध्यार्थी संगठन नेपाल विध्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन र अखिल क्रान्तिकारीबीच आइतबार सम्पन्न संयुक्त बैठकपछि तीनै संगठनका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन गराउनुपर्ने माग अघि सारेका हुन् ।

विज्ञप्तिमा नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ्गको हस्ताक्षर रहेको छ । सो विज्ञप्तिमा ‘ त्रिभुवन विश्वविध्यालय, काठमाडौं विश्वविध्यालय, पोखरा विश्वविध्यालय, पूर्वाञ्चल विश्वविध्यालय, नेपाल संस्कृत विश्वविध्यालयलगायतका सम्पूर्ण विश्वविध्यालयअन्तर्गतका सम्बन्धन प्राप्त तथा आङ्गिक कलेजहरूमा विद्ध्यार्थीको हकहितका लागि साझा, स्वतन्त्र, र निर्वाचित मंचको रूपमा अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्न सम्पूर्ण विश्वविध्यालयका उपकुलपति ज्यूहरूलाई जोडदार माग गर्दछौँ । ‘ भनी उल्लेख छ ।

यसका साथै विध्यार्थी संगठनहरूले माध्यमिक तहसम्मको शिक्षा यसै शैक्षिक सत्रदेखि नि:शुल्क उपलब्ध गराउन पनि सरकारसँग माग गर्ने भएका छन् । शिक्षा क्षेत्रलाई कानूनको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ । विध्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक ऋणको सुविधा दिन तथा कूल बजेटको २० प्रतिशत रकम शैक्षिक क्षेत्रमा खर्च गर्ने वातावरण बनाउन पनि उनीहरूले माग गरेका छन् । आफ्ना मागको सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत विध्यार्थी प्रतिनिधिले दिएका छन ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW