अमेरिकासँग विश्वको सबैभन्दा शक्तिशाली सेना

0

फागुन २७, मोरङ, सैन्यशक्तिका आधारमा अमेरिका संसारको सबभन्दा शक्तिशाली देश हो । हतियार तथा सशस्त्र बलको आँकडा हेर्दा अमेरिका पहिलो, रुस दोस्रो, चीन तेस्रो र भारत चौथो स्थानमा छ । संसारका आधुनिक सैन्यशक्तिको विश्लेषण गर्ने अनुसन्धान संस्था ग्लोबल फायर पावरले सन् २०१७ को सैन्यशक्तिका आधारमा १३३ देशको सूची जारी गरेको छ ।

सैन्य हतियारमा पारम्परिक उपकरणहरूलाई संलग्न गरिएको छ । यसमा आणविक हतियार संलग्न छैन । भारतको कट्टर शत्रु पाकिस्तानचाहिँ सूचीमा १३औं स्थानमा छ । उसले केही वर्षयता सैन्यशक्ति बढाउँदै लगेको हो । अमेरिकाको रक्षा बजेट ५८७ अर्ब डलर छ । उता चीनले १६१ अर्ब डलर रक्षा बजेटका लागि छुट्ट्याएको थियो ।

चीनमा सक्रिय सैनिकहरूको संख्या २२ लाख र रिजर्भ सैनिक १४ लाख छन् । उससँग तीनहजार लडाकू र साढे ६ हजार ट्यांक छन् । अमेरिका र रुसभन्दा पछि भएपनि चीन तीव्रताका साथ अघि बढिरहेको छ । ऊ कुनै पनि बेलामा दोस्रो स्थानमा आउन सक्छ । (बीबीसी)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW