सरकारी सुरक्षाकर्मीमाथि तालिबान समर्थकको हमला

0

कोशी अनलाइन
फागुन २७, मोरङ, अफगानिस्तानमा २४ जना सुरक्षाकर्मी तालीबानी आतंककारीको हमलामा परी मारिएका छन् । त्यहाँको फराह राज्यमा परिचालित सुरक्षाकर्मी आतंककारीको निशानामा परेका हुन् । राज्यको बालाबुलुक जिल्लामा पर्ने इरानको सीमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मी आतंककारीमाथि सुरक्षा कारबाहीका लागि परिचालित थिए ।

आक्रमणमा परी स्पेसल फोर्समा कार्यरत चारजना अधिकृतको पनि ज्यान गएको छ । आक्रमणमा अन्य थुप्रै सुरक्षाकर्मी घाइते हुन पुगेका छन् । अफगानिस्तानलाई आधार बनाइ आतंककारी गतिविधि गर्दै आएको तालिबान समूहलाई निस्तेज पार्न सरकारले सैनिक कारबाहीमा तीव्रता दिएको छ । १० दिनअघि मात्र पनि सरकारी सेनाको हवाई आक्रमणमा परी केही तालिबान विद्रोहीको ज्यान गएको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW