वडा अध्यक्षलाई नै कुखुरा चोरको आरोप लागेपछि

0

कोशी अनलाइन
फागुन २७, विराटनगर, जनताकालागि विकासका कदम चालिदियोस् भनेर निर्वाचनबाट छानेको व्यक्ति नै कुखुरा चोर निस्केपछि गाउँलेहरु कतिसम्म विरक्तिए होलान् ? गाउँको विकास होस भनेर छानेको जनप्रतिनिधी नै चोर निस्केपछि गाउँलेहरुले प्रेश विज्ञप्ती नै गरेका छन् ।


कालिकोटमा गत फागुन ६ गते राति वडा अध्यक्ष र वडा सदस्यमाथि स्थानीयको कुखुरा चोरेर खाएको आरोप लागेको छ । कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसी र वडा सदस्य रामबहादुर केसीले स्थानीय अर्जुन खत्रीको कुखुरा चोरेर खाएको आरोप लागेको हो ।


६ फागुन राति वडा अध्यक्ष र वडा सदस्यले कुखुरा चोरेर खाएको स्थानीयले थाहा पाएपछि अहिले गाउँ छाडेर भागेको सान्नी त्रिवेणी गाउँपालिकाका स्थानीयले बताएका छन् । ‘वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर भागेका छन् ।’ उनले भने, ‘गाउँमा सबैले कुखुरा चोरेको थाहा पाएपछि उनीहरू भागेका हुन् ।’ वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर खाएको गाउँमा अहिले राजिनामा माग गर्दै स्थानीयले प्रेस विज्ञप्ति निकालेर गाउँमा टाँससमेत गरेका छन् । विज्ञप्तिमा ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरा चोरेर खाएको प्रमाणित भएको छ उनीहरूले नैतिकताका आधारमा राजिनामा दिनुपर्छ ।’

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW