फुटबल खेल्न सिकाउन आउँदै कोका-कोला, जित्नेले पाउनेछन् आकर्षक पुरस्कार

0

विराटनगर, फागुन २६ । कोका-कोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ।

‘खेल्ने होइन त ?’ नाम दिइएको उक्त अभियानको उद्देश्य मानिसहरुलाई फुटबल खेल्न आह्वान गर्ने र ‘कोक खाम् रसिया जाम्’ भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु भएको कम्पनीले बताएको छ।

केही समय अगाडी कोका-कोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्तर्गतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान संचालन गरिरहेको जनाइएको छ । कोका-कोलाले यस अभियानलाई देशका ३० शहरमा पुर्याउने उद्देश्यले काम अघि बढाइरहेको पनि जनाएको छ।

यसरी खेल सम्पन्न भएपछि बिजेताले कोक लोगो अंकित विभिन्न विशेष उपहारहरु पाउने छन्। कोका-कोलाले विश्व कपको माहोल बनाउँन र युवाहरुको मनोरञ्जनकोलागि यो अभियान संचालन गरेको हो।

कोका-कोलाले रसियामा हुने विश्वकप खेर्न ४० जनालाई लाने घोषणा गरेको छ भने करिब १२ हजार पाँचससय जनाले पुरै क्याम्पेनमा बिजेता बन्ने मौका पाउने छन्। जसमा फिफा लोगो अंकित विशेष उपहार दैनिक २०० जनाले पाउने छन् ।

काठमाडौं, फागुन २६ – विश्वकप छनोट क्रिकेटमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको तेश्रो विकेट गएको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरेले अफगानिस्तानका ब्याट्स म्यान रहमत साहलाई ४६ रन मा आउट गराएका हुन् ।

यस अघि सन्दीप लामिछानेले अफगानिस्तानका जामिद अह्मादीलाई २६ रनमा आउट गराई दोश्रो विकेट लिएका थिए भने नेपालका लागि पहिलाे विकेट करण केसीले लिएका थिए । उनले २१ रन बनाएका रसिद खानलार्इ अाउट गराएका हुन् ।

ताजा अवस्थामा अफगानिस्तानले २७ अाेभरकाे समाप्तिमा ३ विकेट गुमाउँदै १ सय १४ रन बनाएकाे छ ।

नेपाललाई आजको खेल जित्नै पर्ने दबाव रहेकाे छ । जसका लागि नेपालले कसिलाे बलिङ गर्दै विकेट लिनुपर्ने देखिएकाे छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW