१७ भाषामा ४२ जनाको रचना

0


उत्तम पोख्रेल
फागुन २६, मोरङ, मोरङको बेलबारीमा भाषिक साहित्य गोष्टी सम्पन्न भएको छ । बेतना सिमसारको सभाहलमा भएको गोष्टीमा १७ भाषामा ४२ जनाले आफ्ना रचना सुनाएका थिए ।

बेलबारी साहित्य विकास समितिको आयोजनमा भएको कार्यक्रममा राजवंशी, थारु, धिमाल, लिम्बू, बाँतर, भुजेललगायत १७ भाषामा साहित्यकारहरुले रचना वाचन गरेको बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदीले बताइन् । साहित्य क्षेत्रमा विगत केही वर्षदेखि उक्त संस्था बेलबारीमा सक्रिय रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW