रेडक्रसको साधारणसभामा तीनजना सम्मानित

0

कोशी अनलाइन
फागुन २६, मोरङ, नेपाल रेडक्रस सोसाइटि मोरङको ४५ औँ जिल्ला अधिवेशन शनिबार मोरङको बाहुनीमा सम्पन्न भएको छ । रेडक्रस बाहुनी उपशाखाको आतिथ्यमा सम्पन्न अधिवेनले रेडक्रसलाई अगाडि बढाउन सहयोग पुर्याउने समाजसेवी तीलकप्रसाद रिजाल, गायत्रीप्रसाद निरौला र प्रदीपकुमार विश्वासलाई सम्मान गरिएको थियो ।

शाखा सभापति सुबोधकुमार सिंहले गत आर्थिक वर्ष ०७३/७४ मा गरेको कार्यको प्रगति तथा आगामी आर्थिक वर्ष ०७५/०७६ मा गर्ने प्रस्तावित कार्यको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा रेडक्रसका केन्द्रीय उपाध्यक्ष हरि निरौला र मोरङ सदस्य मन्दीरा गुरागाईंलगायतले रेडक्रसले सामाजिक क्षेत्रलाई प्रोत्साहान हुनेगरी काम गरीरहेको बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW