निगमको भण्डारण क्षमता बढाउन व्यवसायीको माग 

0

गोपाल पोख्रेल
कोशी अनलाइन
पूर्वाञ्चलका पेट्रोलियम व्यवसायीहरुले निगमको क्षेत्रीय कार्यालयसँग रहेको डिजल र पेट्रोलको भण्डारण कक्षको क्षमता बढाउन माग गरेका छन् । पेट्रोलियम डिलर्स एसोसिएसन कोशी, विराटनगरको १५ औँ वार्षिक साधारणसभा तथा ९ औँ अधिवेशनको उद्घाटन समारोहमा शनिबार पेट्रोलियम व्यवसायीहरुले पूर्वाञ्चलमा भइरहेका विकास निर्मार्णका कार्य र सवारी साधनमा दुई सय प्रतिशतले वृद्धि भएकोले निगमको मौज्दात भण्डारण कक्षले काम चल्न नसक्ने निष्कर्षसहितको राय प्रस्तुत गरेका छन् ।

डिपोमा ७१ लाख लिटर डिजेल र पाँच लाख ६० हजार लिटर पेटोल भण्डार गर्न सक्ने क्षमता छ । निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले झापाबाहेक १ नम्बर प्रदेशका १४ जिल्ला र २ नम्बर प्रदेशको सिराहाको मिर्चैयासम्म पेट्रोलियम पदार्थ ढुवानी गरेर बिक्रि-वितरण गर्दै आएको छ । पेट्रोलिमय डिलर्स एसोसिएसन कोशीका अध्यक्ष तथा एबी पेट्रोलिमय सप्लार्यसका सन्चालक मुकुन्द न्यौपानेले निगमको क्षेत्रीय कार्यालयमा भण्डारण रहेको डिजल र पेट्रोलले एक हप्ता पनि धान्न नसक्ने भएकोेले भण्डारण क्षमता बढाउन माग गरेका छन् ।

महासचिव सुनील बिडलाले झापाबाहेक प्रत्येक दिन डिजल ३ लाख लिटर र पेट्रोल १ लाख २० हजार लिटरको माग रहेकोले निगमले माग गरेबमोजिम आपूर्ति गर्न नसकेको बताए । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले विराटनगरको घना बस्तीमा रहेको निगमको क्षेत्रीय कार्यालय अन्यत्र सानुपर्ने माग गरेका छन् । निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले निगमको भण्डारण क्षमता बढाउने विषयमा निगम र सरकारबीच बहस जारी रहेको बताए ।

आयल निगमका बोर्ड अफ डाईरेक्टर प्रमुख अरविन्दकुमार अग्रवालले निगमभित्र सुधारको काम भइरहेको बताउँदै चाँडै नै सरकारले भण्डारण कक्षको क्षमता बढाउने तयारी गरेको बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सडकमा गाडी पार्किङ्ग गर्दा तेल चुहिएको बताउँदै आगलागी हुँदा विराटनगरलाई ठूलो क्षति हुने बताए । कार्यक्रममा एसलाल एण्ड सन्सका सन्चालक सत्यनारायण विडला र राजेश अटो मोवील धरानका सन्चालक गणेशप्रसाद अग्रवाललाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा उध्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदिश कुशियत, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा,उध्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, नेपाल उध्योग-वाणिज्य महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष रमेश राठीले मन्तव्य व्यक्त गरेका थिए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW