अरनिकोमा सम्मान र बिदाइ 

0

कोशी अनलाइन
फागुन २६, मोरङ, मोरङको विराटनगर-१० मा रहेको अरनिको हाईयर सेकेन्डरी बोर्डिंग स्कुलले एसईई परीक्षा दिन लागेका कक्षा-१० का विध्यार्थीहरूलाई शनिबार सम्मान र बिदाइ गरेको छ । कक्षा-१० का ७४ जना विध्यार्थीलाई कक्षा-९ का विध्यार्थीले भव्य सांस्कृतिक समारोहको आयोजना गरेर बिदाइ गरेका हुन् ।

कार्यक्रममा विध्यालयका प्रिन्सिपल कमला कुँवर, संस्थापक सन्चालक राजबहादुर कुँवर, शिक्षक-शिक्षिका र कर्मचारीहरुले विध्यार्थीहरूलाई सम्मान र बिदाइ गरेका थिए । अरनिकोमा नर्सरीदेखि कक्षा-१० सम्म सात सय ५० भन्दा बढी विध्यार्थीहरू अध्ययनरत छन् । जसमध्ये कक्षा-१० मा पढ्ने ७४ जना विध्यार्थीहरूले २०७४ सालको एसईई परीक्षा दिँदैछन् । चैत्र १४ गतेदेखि एसईई परीक्षा सन्चालन हुनेछ ।

कार्यक्रममा प्रिन्सिपल कुँवरले एसईई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरेर विध्यालयको नाम चम्काउन विध्यार्थीहरूलाई आग्रह गरे । कार्यक्रममा संस्थापक सन्चालक राजबहादुर कुँवर , अधिवक्ता भरतबहादुर थापा, विराटनगर-१० का वडाअध्यक्ष माधवराज वाग्ले , कलाकार मायाँ पौडेललगायतले विध्यार्थीलाई उत्कृष्ट अङ्क ल्याउन सुझाव दिएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW