मिस्टर एण्ड मिस टिनको पहिलो अडिसन सम्पन्न, किशाेरीकाे बाहुल्यता

0

कोशी अनलाइन
फागुन २६, विराटनगर, मंजिना मुभजिको प्रस्तुती रहेको मिस्टर एन्ड मिस टिन पूर्वाञ्चलको पहिलो अडिसन सम्पन्न भएको छ । १३ बर्षदेखी १९ बर्षसम्मका किशोर किशारीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले गरिएको उक्त पहिलो अडिसनमा ४१ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

उक्त अडिसमा बिशेषगरी किशोरको तुलनामा किशोरीको बाहुल्यता रहेको थियो । अडिसनमा प्रतियोगिताको टाइटल मन परेको र घरपरिवारबाट पनि साथ र समर्थन पाएका कारण सहभागिता जनाएको सहभागिहरुको धारणा रहेको थियो ।


मेरील्याण्ड कलेज र भृकुटी चौकमा आयोजित उक्त पहिलो अडिसनमा जित र हार प्रतियोगिताको नियम भएपनि आफूले यहाँ धेरै कुरा सिक्न पाउँने र आत्मविश्वास बढ्ने प्रतियोगीहरुले बताएका छन् । पहिलो अडिसनबाट नै अनपेक्षित प्रतियोगी पाएको र अब दमक लगायत शहरको अडिसनबाट पनि अरु धेरै सहभागी भेला पारी उनीहरुको प्रतिभालाई थप उजागर गर्दै समाज र राष्ट्रसामू चिनाउने उद्देश्य राखेको मंजिना मुभिजका निर्देशक जतिन ताम्राकारले कोशी अनलाइनलाइ जानकारी दिए ।

साथै अब यस प्रतियोगितको फाइनल अडिसन पनि छिट्टै घोषणा गर्ने निर्देशक ताम्राकारले जानकारी दिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW