गोदावरी स्कुलमा मनाइयो अभिभावक दिवस

0

कोशी अनलाइन
फागुन २६, मोरङ, मोरङको विराटगर–६ मा रहेको गोदावरी सेकेन्डरी बोर्डिङ स्कुलले १० औं अभिभावक दिवस भव्य रुपमा मनाएको छ । स्कुलको प्रांगणमा आयोजित अभिभावक दिवस समारोहमा विभिन्न कार्यक्रम गरिएको थियो ।

समारोहका अवसरमा विध्यार्थीहरूले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रममा स्कुलको आन्तरिक खेलकुद तथा परीक्षामा उत्कृष्ट हुने विध्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको छ । स्कुलका संस्थापक अध्यक्ष भगवान झाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजसेवी प्रध्यापक रमाकान्त झा रहेका थिए ।

एलिट क्लबका अध्यक्ष डा. भेषराज धमाला, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, स्कुलका प्रिन्सिपल महेशकुमार झा र स्कुलका विध्यार्थीद्वय निकीता  शर्मा र ममता राजवंशीलगायतले कार्यक्रममा बोलेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW