जेभियर्स स्कुलले मनायो वार्षिकोत्सव

0


कोशी अनलाइन
फागुन २६, मोरङ, बुढीगंगा गाउँपालिका-२ मा रहेको जेभियर्स इङ्ग्लीस स्कुलले शनिबार वार्षिकोत्सव अभिभावक दिवस सम्पन्न गरेको छ । नयाँ व्यवस्थापनको तेस्रो वार्षिकोत्सव स्कुलको प्रांगणमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।

वार्षिकोत्सव समारोहमा विध्यार्थीहरूले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुतिबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरि मनोरञ्जन दिएका थिए । कार्यक्रममा स्कुलको आन्तरिक खेलकुदमा उत्कृष्ट हुने विध्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

स्कुलका अध्यक्ष जीतनारायण थापामगरको सभापतित्वमा सम्पन्न वार्षिकोत्सवका प्रमुख अतिथि बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द्र माझी, बुढीगंगा गाउँपालिकाकी उपप्रमुख अमृता गच्छदार, बुढीगंगा गाउँपालिका दलित संघका अध्यक्ष गुचन ऋषिदेव, सिटी कलेजका अध्यक्ष तीर्थराज घिमिरे, स्कुलका प्रिन्सिपल परेश पोखरेल, भाइस प्रिन्सिपल जनक ढकाललगायतले कार्यक्रमका अवसरमा मन्तव्य राखेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW