इच्छामृत्युको प्रावधानमा भारतीय सर्वोच्च अदालतको शर्तात्मक स्वीकृति

0

कोशी अनलाइन
फागुन २६, मोरङ, इच्छामृत्युको समर्थन गर्दै सोको अभ्यास प्रचलन गराउने उद्देश्यले दायर भएको रिटमाथि फैसला गर्दै भारतीय सर्वोच्च अदालतले यसमा सशर्त स्वीकृति प्रदान गरेको छ । अदालतले इच्छा मृत्यु प्राप्त गर्न चाहने व्यक्तिले निर्धारित कडा शर्तको पालना गर्नुपर्ने बताएको छ ।

फैसलाअनुसार कडा प्रकृतिका दीर्घ रोगबाट ग्रस्त व्यक्तिले मात्र इच्छा मृत्युका लागि अनुमति पाउनेछन् । दीर्घ रोगीले चाहेमा उसको उपचार प्रक्रिया रोकी इच्छामृत्यु प्राप्त गर्ने अवसर दिन सकिने फैसला सर्वोच्च अदालतले गरेको समाचारहरूमा जनाइको छ । सम्मानपूर्वक मृत्युवरण गर्न पाउनु मानिसको मौलिक अधिकार भएको उल्लेख गर्दै अदालतले कडा शर्तको पालना गरे बिरामीलाई सहज रूपमा इच्छामृत्युको अवसर दिइने जनाएको छ ।

अदालतले पत्रका माध्यमबाट आएका इच्छामृत्युसम्बन्धि निवेदनलाई अनुमोदन गरी इच्छामृत्युको अधिकार प्रदान गर्न सक्ने प्रावधान राखिएको छ । गम्भीर प्रकृतिका रोग भनिएपनि कुन-कुन रोग लागेका बिरामी इच्छामृत्युका लागि ग्राह्य हुन्छन् भन्नेबारे फैसलामा स्पष्ट व्यवस्था भने छैन । विश्वका नेदरल्याण्ड, क्यानडा, कोलम्बिया, बेल्जियमजस्ता देशका साथै अमेरिकाका केही राज्यहरूमा समेत इच्छामृत्युको प्रचलन रहेको छ । यसलाई कानूनी मान्यता दिन बेलायत,स्पेनजस्ता देशमा पनि बहस-पैरवी भइरहेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW