एनसेलका हरेक सय ग्राहकमध्ये ५२ जना स्मार्टफोन प्रयोगकर्ता

0

काठमाडौं, फागुन २५ । भर्खरै सार्वजनिक गरिएको एक रिपोर्टले एनसेलका ग्राहकहरु मध्ये बढी जसो ग्राहकहरुले स्मार्टफोन प्रयोग गर्ने गरेको पाईएको छ । एनसेलको मातृ कम्पनी आजियाटाले सार्वजनिक गरेको रिपोर्ट अनुसार उसका सय ग्राहकमध्ये ५२ जना स्मार्टफोन प्रयोगकर्ता रहेको पाइएको हो ।

रिपोर्टमा जनाईए अनुसार डिसेम्बर २०१७ सम्ममा एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख पुगेको छ । जसमध्ये ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । कम्पनीका अनुसार सन् २०१६ को तुलनामा स्मार्टफोन प्रयोगकर्ता र कुल ग्राहक संख्या समान १०÷१० प्रतिशतले बढेका छन् ।

मोवाइल सेवाका ग्राहक बढ्नु, डाटाको शुल्क घट्नु र स्मार्टफोनको मूल्यमा गिरावट आएका कारण स्मार्टफोन प्रयोगकर्ताहरु बढेको टेलिकम कम्पनीहरुले जनाएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW