उपकरणको प्रयोगबाट शिक्षाको गुणस्तर सुधारिने

0


कोशी अनलाइन
फागुन २५, मोरङ, १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर वृद्धिका लागि टकिङ टिचर नामक उपकरण भित्र्याउने तयारी गरेको छ । प्रदेशका सामुदायिक विध्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिकाको अङ्ग्रेजी भाषा सुधारका लागि यो प्रविधि भित्र्याउन लागिएको हो ।

सामुदायिक विध्यालयको शैक्षिक गुणस्तरको विकास गर्नका लागि १ नम्बर प्रदेशमा टकीङ टिचर नामक उपकरण भित्र्याउने विषयमा सामाजिक विकास मन्त्रालयले आवश्यक परामर्श गरेको छ । अङ्ग्रेजी बोल्न र लेख्नमा सहज तरिका सिकाउने यो उपकरणले शिक्षकलाई समेत अङ्ग्रेजी भाषामा पठन-पाठन गराउन सहज हुने मन्त्रालयको अपेक्षा छ । छलफलमा सहभागी खोटाङका जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले सामुदायिक विध्यालयलाई अहिलेसम्म कुनै प्राविधिक सहयोग नहुँदा गुणस्तर हासिल गर्न नसकिएको बताए ।

उनले यस प्रकारको सहयोग भए परिणाम ल्याउन सकिने विश्वास व्यक्त गरे । टकिंग टिचर नामक उपकरणको बारेमा जानकारी दिँदै क्रिएटभि एडुटेनमेन्ट वर्डका डाइरेक्टर सर्वकल्याण कँडेलले पूर्वप्राथमिक कक्षादेखि पाँच कक्षासम्मका बालबालिकाहरुलाई यो उपकरण उपयोगी हुने बताए।  धनकुटाका प्रमुख जिल्ला अधिकारी रामबहादुर थापाले शिक्षा कार्यालय स्थानीय तहअन्तर्गत रहने कि नरहने भन्ने विषयले अन्यौल थपिरहेको बताए । यद्धपी अङ्ग्रेजी सुन्नेबित्तिकै भाग्ने शिक्षकहरुका लागि यो प्रविधि उपयोगी हुने उनले बताए ।

मन्त्रालयले विराटनगरमा प्रदेशका राष्ट्रिय परीक्षा बोर्डका प्रमुख, जिल्ला शिक्षा अधिकारी, शैक्षिक तालिम केन्द्रका प्रशिक्षकसँग उक्त उपकरण तथा समसामयिक शैक्षिक विषयमा छलफल गरेको थियो । अडियो भिजुअल शिक्षामा आधुनिक पद्धतिको रुपमा रहेको यो उपकरणको मूल्य १२ हजार रुपैयाँ रहेको छ भने यसमा १७ वटा किताब समावेश हुनेछ । शिक्षामा गुणस्तर खस्किरहेका बेला नयाँ र उपयोगी प्रविधिको प्रयोग आजको आवश्यकता भएको छलफलका सहभागीले बताएका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW