चलचित्र ‘भैरे’को गित सार्वजनिक, यसरि नाचे वर्षासँग बुद्धि र विक्रान्त (भिडियो)

0


कोशी अनलाइन
विराटनगर । चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा चलचित्रको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरियो ।

सार्वजनिक भिडियोमा विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटीलाई फिचर गरिएको छ भने उनीहरुको मज्जाको नृत्य हेर्न सकिन्छ । निर्देशक एभरेष्ट सुर्य बोहरा र बसन्त सापकोटाको शब्द रहेको गीतमा बसन्तको संगीत रहेको छ भने गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले आवाज भरेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतलाई छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा खिचेका छन् ।

निर्देशक बोहराको कथा रहेको चलचित्रको प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीको लगानी रहेको छ भने करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत यस चलचित्रका सह-निर्माता रहेका छन् ।

चलचित्रमा दयाहांग राई, सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । बनिष शाहले फिल्मको सम्पादन रहेको चलचित्रमा सुर्य ठोक्करको द्वन्द रहेको छ ।

लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको छ भने यस चलचित्रलाई नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानरमा निर्माण गरिएको हो ।

‘भैरे’ आउँदो वर्ष २०७५ को जेठ १८ गते प्रदर्शन हुदैँछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW