गोर्खाको पाँचौँ शाखा धरानमा 

0


कोशी अनलाइन
फागुन २५, सुनसरी, पूर्वमै उत्कृष्ठ बनेको गोर्खा डिपार्टमेन्ट स्टोरले शुक्रबारदेखि सुनसरीको धरानमा पाँचौँ शाखा सन्चालनमा ल्याएको छ । धरान–८ स्थित धनकुटे रोडमा स्थापना भएको डिपार्टमेन्टको पाँचौँ शाखा धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले उद्घाटन गरेका छन् । किनमेलका लागि विराटनगर–जोगबनीसम्म पुग्ने उपभोक्ता बजारलाई लक्षित गरेर गोर्खाले ठूलो लागानीमा डिपार्टमेन्ट सन्चालनमा ल्याएको हो ।

सन्चालक बलराम आचार्यका अनुसार गोर्खाको उक्त भवन एक अर्ब २५ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । सन्चालन सुरु हुन लागेको गोर्खा डिपार्टमेन्टमा दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुने ६ लाख प्रकारका सामानहरु पाइने उनले बताए । भवन निर्माण र उपभोग्य वस्तुहरुको कुल लागत चार अर्ब रहेको आचार्यले बताए । भवनमा सुविधासम्पन्न दुई सिनेमा हल, सेमिनार हल र वैंकेट हल पनि सन्चालन गरिनेछ ।

स्टोर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सन्चालन हुनेछ । डिपार्टमेन्टमा सवारी पार्किङको पर्याप्त व्यवस्था गरिएको छ । इटहरीमा २०५६ असारमा स्थापना भएको पूर्वाञ्चलकै सबैभन्दा ठूलो, पहिलो डिपार्टमेन्ट स्टोर गोर्खा डिपार्टमेन्ट स्टोर १८ औं वर्ष प्रवेश गर्ने तयारीमा छ । यो अवधिमा आइपुग्दा आफ्नो व्यावसायिक एवम् सामाजिक विस्तार अभियानलाई निरन्तरता दिने क्रममा धरानमा पाँचौँ शाखा स्थापना गरेको हो ।

स्टोरमा सर्वसाधारण उपभोक्ता ग्राहकहरुलाई आवश्यक पर्ने दैनिक घरायसी उपभोग्य सामग्रीहरुका साथ अन्य सम्पूर्ण दैनिक आवश्यक ६ लाख प्रकारका सामानहरु एउटै छानामुनिबाट ग्राहकहरुलाई सर्वसुलभ, सहज एवम् सरल मूल्यमा उपलब्ध गराउने उनले बताए । डिपार्टमेन्टको उद्घाटन गर्दै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले धरानको आर्थिक विकासमा यसले टेवा पुर्याउने बताए ।

स्थानीयहरुलाई रोजगारीको अवसर प्रदान गरेर धरानको बेरोजगारी समस्या समाधानमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ । उनले लगानीको सुरक्षाको लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW