मोबाईलमा पोर्न फिल्म हेरेको भन्दै बुवाले छोराको हात नै काटिदिएपछि..

हाम्रै छिमेकी मुलुक भारतमा हालै मात्र एउटा गम्भिर घटना घटेको छ । आफ्ना १९ बर्षे छोराको एउटा लतबाट आजित बनेको बुवाले छोराको हात काटिदिएका छन् ।

मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको लत नै बसेपछि रिसको झोकमा बुवा मोहम्मद कयूम कुरेसीले हात नै छिनालि दिएका हुन् । समाचारमा जनाईए अनुसार उनलाई हत्या प्रायासमा प्रहरीले पक्राउ गरेको छ । उनले सुतिहेका छोरा खालिदलाई आक्रमण गरी धारिलो चक्कूले दायाँ हात काटिदिएको समाचारमा उल्लेख छ ।

छोरा खालिदले अरु कामलाई छोडेर मोबाइलमा पोर्न फिल्म तथा अन्य अश्लील सामाग्रीहरु हेर्ने गरका थिए । जुन देखेर उनका बुवा आजित थिए । पटक पटक खालिदलाई बुवाले झपारेका थिए । तर उनको त्यो बानी छुटेन् । त्यसो गर्दा समेत बानी नसुध्रिएपछि उनले रिसको झोकमा छुरा प्रहार गरी छोराको दाहिने हात नाडीबाटै छिनालिदिएका हुन् ।

प्रतिक्रिया

Loading...