फेसबुक ह्वाट्सएप र इन्स्टाग्रामबिरुद्ध मुद्धा दायर

0

फेसबुक ह्वाट्सएप र इन्स्टाग्रामबिरुद्ध मुद्धा दायर भएको छ । क्यानडाको टेक्नोलोजी कम्पनी ब्लाकबेरीले मंगलबार मुद्दा दायर गरेको हो । ब्लाकबेरीले फेसबुक बिरुद्ध बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै मुद्दा हालेको हो ।

आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्सहरु फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले हुबहु चारेको दावी कम्पनीले गरेको छ । अमेरिकाको लस एन्जल्स संघीय अदालतमा मुद्धा दर्ता गरिएको समाचारमा जनाईएको छ ।

फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामले ब्लाकबेरीको आविष्कार तथा प्रविधिलाई नक्कल गरी मोबाइल मेसेजिंग एप बनाएको छ । यी सबैले हाम्रा कैयन् इनोभेटिभ सेक्योरिटी फिचर, युजर इन्टरफेस तथा फंक्सनालिटी इन्ह्यान्सिंग जस्ता फिचर्स नक्कल गरेका छन् । साथै, मननीय पक्ष के छ भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले मोबाइल मेसेजिंगको दुनियाँमा ढिलो गरी कदम राखेका हुन् ।’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस विषयमा फेसबुकका जनरल काउन्सिल पल ग्रेवालले भने ब्लाकबेरी कम्पनी आविष्कारको मोर्चामा विफल भएकाले अन्यको आविष्कारमाथि प्रश्न गरिरहेको आरोप लगाएका छन् । उनले यस बिरुद्ध लड्ने प्रतिक्रिया दिएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW