इन्स्टाग्रामले भ्वाइस र भिडियो कलिङ फिचर ल्याउँदै

0

फोटो तथा भिडियो शेयरिंगका लागि लोकप्रिय रहेको एप इन्स्टाग्रामले नयाँ फिचर ल्याउन लागेको जनाएको छ । निकट भविष्यमा भ्वाइस रभिडियो कलिङ फिचर थप्न लागेको समाचारमा जनाईएको छ ।

फेसबुकको स्वामित्व रहेको इन्स्टाग्रामले यस बारेमा अहिले सम्म केही नबोलेको भए पनि स्न्यापच्याटलाई माथ दिनका लागि इन्स्टाग्राममा यस्तो फिचर ल्याउन लागिएको हो । इन्स्टाग्रामको एपिके भर्सनमा कल र भिडियो कलको फिचर्स थप हुन लागेको संकेत गरेको विश्लेषण गरिएको छ ।

थपिन लागेको कुनै पनि फिचरको परीक्षण गर्ने गरिने यस भर्सनमा परीक्षण सफल भएमा त्यसलाई सबैका लागि उपलब्ध गराइन्छ । यभ्विाइस तथा भिडियो कलिङ सुविधा थपिएमा स्न्यापच्याट जस्ता प्रतिस्पर्धी एपलाई कडा टक्कर दिने स्वत अनुमान गर्न सकिन्छ । तर इन्टाग्रामलाई स्नापच्याटका फिचर चोरेको आरोप अरुले लगाई रहन्छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW