आफ्नो फेसबुक अरुले चलाईरहेको बारे यसरी थाहा पाउन सकिन्छ

0

प्रविधिको विकास भएपनि साईबर अपराधहरु यसको गलत बाटोको रुपमा देखिएका छन् । ईन्टरनेटमा खोलिएका अकाउन्टहरु ह्याक गरी प्रयोगकर्ताका डाटाहरु चोरी हुँदै आएका समाचार बेला बखत आईरहन्छन् । सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकमा अकाउन्ट खोलेका मानिसहरु धेरै छन् । उनीहरुले त्यहाँ आफ्ना साथीभाई आफन्तहरु सँग गोप्य कुराकानी गरेका हुन्छन् ।

ती कुराकानी तथा महत्वपूर्ण डाटाहरुको गोपनीयता निकै महत्वपूर्ण हुन्छन् । तर त्यो अकाउन्ट कसैले ह्याक गरि दिएमा गोपनियता गुम्न सक्छ । त्यसैले आफ्नो अकाउन्ट कसैले चलाईरहेको त छैन् ? भन्ने बारे सचेत हुनु पर्छ । यहाँ हामीले आफ्नो फेसबुक अरु कसैले चलाएको कसरी थाहा पाउने भन्ने बारेमा उल्लेख गरेका छौँ ।

१। फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस्

२। सेटिंग्स अप्सनमा क्लिक गर्नुहोस्

३। त्यहाँ रहेको सेक्योरिटी अप्सनमा क्लिक गरी जेनेरल अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस्

४। त्यहाँ तपाइँले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लगइन भएको छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको पूर्ण सूचिको जानकारी त्यहाँ हुन्छ, तपाइँले फेसबुक अकाउन्ट खोलेको दिनदेखिकै ।

५। यदि तपाइँले नचिनेको वा आफूले कहिल्यैपनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लगइन भएको डिभाइसको सूचिमा देखियो भने जान्नुहोस् कि तपाइँको फेसबुक अकाउन्ट अरु कसैले खोलेको छ । यसमा तपाइँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तो शंकास्पद डिभाइसको नामको छेउँमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको नट यू नामक अप्सन छान्नुहोस् ।

६। त्यसपछि फेसबुकले तपाइँको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ । तपाइँले आफ्ना फेसबुक लगइन भएका डिभाइसहरुको नामको छेउँमा लगआउन अप्सन पनि देख्न सक्नुहुन्छ । साथै सूचिको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सन पनि हुन्छ ।

आफ्नो अकान्टलाई थप सुरक्षित बनाउन तपाइँ दुई तहको प्रमाणीकरण अर्थात् टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW