वैज्ञानिकहरुले खुट्याउन नसकेको एउटा कुण्ड, जहाँ ताली बजाउँदा पानी माथी आउँछ

यो रोचक खबरको शिर्षक हेरेर तपाईलाई पत्यार लागेन होला । तर यो साँचो हो । एउटा यस्तो कुण्ड छ, जहाँ तपाईले ताली बजाउनु भयो भने त्यो कुण्डको पानी माथी आउँछ । अहिलेसम्म वैज्ञानिकहरुले पनि खुट्याउन नसकेको यस्तो कुण्डबारे सबै अचम्मित छन् ।

यो धेरै टाढाको कुरा पनि होईन्, छिमेकी देश भारतकै एउटा ठाउँको कुरा हो । झारखण्डस्थित बोकारो जिल्लामा यस्तो कुण्ड रहेको छ । यो कुण्डको छेउँमा गएर ताली बजाएमा यसको पानी आफै माथि आउँछ । उक्त पानी भाँडोमा तताएको पानी उम्लिरहेको छ कि भने जस्तै गरी माथी आउँछ ।

समाचारमा जनाईए अनुसार दलाही कुण्ड नाम भएको यो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ । जहाँ नुहाएमा छालाको रोग निको हुने विश्वास गरिन्छ ।साथै यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन्छ ।

प्रतिक्रिया

Loading...