यी बलवान, जसले हेलिकोप्टर नै काँधमा उचाले(भिडियोसहित)

के मान्छेले त्यत्रो ठूलो हेलिकोप्टर काँधमा उचाल्न सक्ला ? सबैको अनुमान हुन्छ , सक्दैनन् होला । हुन त विश्वास गर्न पनि गाह्रो हुने अवस्था हो यो । तर एक जना बलवानले भने काँधमा हेलिकोप्टर उचालिदिएका छन् । यसरी हेलिकोप्टर काँधमा बोक्ने मान्छे हुन, फ्रान्ज मुलेनर । उनी विश्वका सबैभन्दा बलवान मानिस हुन् ।

काँधले हेलिकप्टर बोकेका अष्ट्रियाका नागरिक फ्रान्जले गिनिज बुकमा नाम लेखाइसकेका छन् । उनको यो र्कीर्तिमान तोड्ने हिम्मत अहिले सम्म कसैले गरेका छैनन् ।

उनले आफ्नो तौल भन्दा डेढ गुणा धेरै भार काँधले उठाउन सक्छन् । उनले ६ सय ५० किलो तौल काँधले उठाएर विश्व कीर्तिमान कायम गरेका थिए । ३० सेकेण्डसम्म आफ्नो काँधले हेलिकप्टर उठाएका समाचारमा जनाईएको छ । हेर्नुहोस् उनले हेलिकप्टर उठाएको भिडियो ।

प्रतिक्रिया

Loading...