अब भाइबरमा एक अर्ब मानिसले ग्रुप च्याट गर्न मिल्ने

म्यासेजिङ एप भाइबरले आफ्ना प्रयोगकर्ताको लागि निकै ठूलो खुसीको सन्देश ल्याएको छ । उसले अहिलेसम्मकै ठूलो ग्रुप च्याट भाइबर कम्युनिटी घोषणा गरेको छ ।

उक्त च्याट ग्रुपमा एक अर्ब जना सदस्य सीमा तोकिएको समाचारमा जनाईएको छ ।

कमेन्ट र प्रतिक्रियामार्फत यस ग्रुपका सदस्यहरुले अन्तर्क्रिया गर्न सक्ने जनाईएको छ । एउटा अर्को खुसीको कुरा के छ भने, ग्रुपको एडमिनले इकमर्स कम्पनी राकुटेनसँग मिलेर स्‍ट्रिमलाई मनिटाइज गर्न सक्ने जनाईएको छ ।

कम्पनीका अनुसार हालसम्म भाइबर कम्युनिटीमा एक अर्बभन्दा बढी जोडिएका छन् ।

प्रतिक्रिया

Loading...