अब मन परेका ट्विट सेभ गर्न, पछि पढ्ने गरी राख्न र सेयर गर्न सकिने

अब आफुलाई मन परेका ट्विटरका ट्विटहरु सेभ गर्न सकिने भएको छ । माइक्रो ब्लगिङ साइट ट्विटरले बुकमार्क फिचर थपेपछि यो सेवा प्रयोगकर्ताले पाउने भएका हुन् । अब मन परेको ट्विट सेभ गर्न, पछि पढ्ने गरी राख्न र सेयर गर्न सक्नेछन् ।

हरेक ट्विटरमा राखिएको सेयर आइकनमार्फत प्रयोगकर्ताले ट्विट बुकमार्क गर्न सक्नेछन्, डाइरेक्ट म्यासेजमार्फत अरुलाई पठाउन सक्नेछन् ।

ट्विटरका प्रडक्ट म्यानेजरका अनुसार सबै सेयरिङ एक्सनहरु एकै ठाउँमा राखिएको र यसले ट्विटहरु तत्कालै वा पछिका लागि सेभ गर्न र सेयर गर्न सजिलो बनाउनेछ ।

यसरी प्रयोग गर्नु पर्ने छ,

–यो फिचर ट्विटको ठीक तल ‘सेयर’ टुल नजिकै भेट्न सकिन्छ।

–ट्विटलाई बुकमार्क गर्नका लागि सेयर बटनलाई ट्याप गरेर ‘एड ट्विट टु बुकमार्क’ मा सेलेक्ट गर्नुपर्नेछ ।

–बुकमार्क गरेका ट्विटलाई पछि फेला पार्नका लागि तपाईको प्रोफाइल आइकनहरुमा बुकमार्कमा हेर्न सक्नुहुन्छ । बुकमार्क गरिएको ट्विटर जतिखेर पनि हटाउन सकिनेछ वा बुकमार्क गरिएका ट्विट हेर्नमात्रै पनि सकिनेछ ।

प्रतिक्रिया

Loading...