जब बच्चाको लञ्चबक्स प्याक गर्ने बेला विषालु सर्पको बच्चा भेटियो..

हालै मात्र अष्ट्रेलियामा बच्चाको लञ्चबक्स तयार पार्ने बेला लञ्च बक्सभित्र विषालु सर्पको फेला परेको छ । एडिलेड सहरमा बस्ने एक महिलाले लञ्चबक्स प्याक गर्ने बेला बिर्कोमा सर्पको बच्चा भेटाएको सर्प समाउने रुली बुरेलल बताएका छन् ।

सर्प देखेलगत्तै ती महिलाले बुरेललाई बोलाईन । बुरेलले खबर पाउनाथ ती महिलालाई लञ्च बक्स बन्द गरेर सर्पलाई थुन्न भनेर तुरुन्तै घरमा पुगेका थिए । त्यसपछि उनले त्यो सर्पलाई समातेर सुरक्षित रुपमा लगेर गए ।

लञ्चबक्सभित्र भेटिएको उक्त सर्प इस्टर्न ब्राउन प्रजातिको सर्पको बच्चा भएको र यो विश्वको सबैभन्दा विषालु सर्पमध्येको एक रहेको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

Loading...