जहाँ गाउँ प्रवेश गर्न राष्ट्रपति र प्रधानमन्त्रीले समेत अनुमति लिनुपर्छ

आफ्नै देशको कुनै गाउँमा प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्रीले समेत अनुमति लिनु पर्छ भन्ने सुन्दा र पढ्दा तपाईलाई आश्चर्यसहित पत्यारिलो नलाग्न सक्छ । तर हाम्रै छिमेकी देश भारतको झारखण्डमा भने केही यस्ता गाउँ पनि छन्, जहाँ प्रवेश गर्न राष्ट्रपति र प्रधानमन्त्री समेतले अनुमति लिनु पर्ने हुन्छ ।

यी गाउँहरुमा आफ्नै शासन छ । गाउँभित्र जानु परेमा जो कोहीले पनि गाउँ सरकारबाट अनुमति लिनुपर्छ । अनुमति विना कुनै सरकारी कर्मचारी वा नेताले प्रवेश गर्न नै पाउँदैनन् । फेरी यो एउटा गाउँको मात्र कुरा होईन, ३४ वटा गाउँमा यस्तो शासन कायम छ ।

ती गाउँहरुको ग्रामसभाले देशको कानून तथा संविधान नमान्ने गरेको र आफ्नै गाउँको कानून तथा संविधान बनाएर लागू गरिरहेको समाचारमा जनाईएको छ ।

हरेक गाउँको सिमाना ढुंगाको साँध लगाएर छुट्याईएका उक्त गाउँहरुमा सबै गाउँले आ आफ्ना सिमाको रक्षा गर्न रक्षक खटाएका हुन्छन् । साँध लगाएर राखिएका तिनै ढुंगामा गाउँको संविधान पनि लेखिएको छ । अचम्मको कुरा के भने ती गाउँको त्यो शासन भत्काएर हस्तक्षेप गर्ने हिम्मत सरकारले गर्न सकेको छैन ।

प्रतिक्रिया

Loading...