सरकारको आदेशमा ३६ हजार पंक्षीको हत्या

नेदरल्याण्डमा त्यहाँको सरकारको आदेशमा ३६ हजार पंक्षीको हत्या गरिएको छ । विश्वजगतका भिडियाहरुमा यो बिषयले निकै चर्चा पाए पनि हामीलाई सामान्य लाग्न सक्छ ।

उक्त देशमा पंक्षी तथा कुखुराहरुमा बर्डफ्लू फैलिएको आशंका गर्दै सरकारको आदशेपछि अधिकांश पोल्ट्री फर्मका कुखुरा नष्ट गरिएको हो। समाचारमा जनाईए अनुसार त्यहाँ स्थानीय कृषि मन्त्रालयलाई उद्धृत गर्दै बर्डफ्लू फैलिने आशंकामा झण्डै ३६ हजार कुखुरा तथा अन्य शंकास्पद पंक्षी मारिएको हो ।

उक्त देशको ग्रोनिंगन प्रान्तको एक कुखुरा फार्ममा अहिलेसम्मकै सबैभन्दा खतरनाक बर्डफ्लू देखिएको जनाईएको छ । त्यही खतरनाक भाइरस फैलिन सक्ने आशंकामा अरु कुखुरा फर्महरुका कुखुरा समेत नष्ट गरिएको हो । स्मरण रहोस् , गत डिसेम्बरमा पनि त्यहाँ झण्डै १८ हजार कुखुरा मारिएको थियो ।

प्रतिक्रिया

Loading...