fbpx

रोनाल्डोको दुई गोलसहित रियल मड्रिड ४-० ले विजयी

फागुन १३ – स्पेनिस ला लिगाको हिजो भएको खेलमा साविक विजेता रियल म्याड्रिडले आलाभेसलाई फराकिलो अन्तरले हराएको छ ।

क्रिष्टियानो रोनाल्डोले व्यक्तिगत २ गोल गर्दा रियल मड्रिडले अालाभेसलाई ४–० ले हरायो ।

गए राति सान्टियागो बर्नाबाउमा भएको खेलमा रोनाल्डोले ४४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोश्रो हाफ सुरु भएको कही सेकेण्डमा नै ग्यारेथ बेलले गोल गर्दै घरेलु टिमलाई २ गोलको अग्रता दिलाए ।

रोनाल्डोले ६१ औं मिनेटमा अर्को गोल गर्दै रियललाई ३–० को स्थितीमा पुर्याए भने खेलको ८९ औं मिनेटमा मड्रिडले पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गरेपछि रियलले ४–० को जित हात पारेको हो ।

सिजनको सुरुवातमा खराब प्रदर्शन गरेको रियल मड्रिडले यो जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ११ मा झारेको छ । उसले चौथो स्थानको भ्यालेन्सियालई ५ अंकले पछि छोडेको छ ।

प्रतिक्रिया

Loading...