fbpx

वेष्टह्यामलाई हराउदै लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा

फागुन १३ – इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ ।

गए राति एन्फिल्डमा भएको खेलमा वेष्टह्यामलाई ४-१ गोल अन्तरले पछि पार्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो। लिभरपुललाई जित दिलाउनका लागि इम्रे क्यान, मोहम्मद सलाह, रोबर्टो फिरमिनो र साइडो मानेले १–१ गोल गरे । खेलको २९ औं मिनेटमा सलाहको पासमा इम्रे क्यानले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटसम्म मोहम्मद सलाहले गोलपछि लिभरपुलले २–० को अग्रता लिएको थियो भने ५७ औं मिनेटमा फिरमिनेले लिभरपुलका लागि तेस्रो गोल थपेका थिए । तर ५९औं मिनेटमा मिचाइल एन्टोनीले वेष्टह्यामका लागि गोल गर्दै लिभरपुलको अग्रता ३–१ मा पुर्याएका थिए । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको लिभरपुलले ७७ औं मिनेटमा अर्को गोल गर्यो र खेललाई ४-१ मा पुर्यायो ।

जितसँगै लिभरपुल २८ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

वेष्टह्याम विरुद्धको गोलसँगै मोहम्मद सलाहले लुइस स्वारेजले बनाएको ३१ गोलको कीर्तिमान बराबरी गरेका छन् । सन् २०१३–१४ सिजनमा लुइस स्वारेजले ३७ खेलमा ३१ गरेका थिए ।

प्रतिक्रिया

Loading...