लर्डबुद्ध अन्तर मा.वि. हाजिरिजवाफमा सुनसरीको मार्टस स्कुल प्रथम

फागुन १२ । पूर्वी तराई विभिन्न जिल्लाका विद्यार्थीको क्षमता प्रष्फुटन गराउने उद्देश्यका साथ आयोजित शनिवार सुनसरीको कोशी पब्लिक एकेडेमीमा आयोजित लर्डबुद्ध अन्तर मावि हाजिरिजवाफ प्रतियोगितामा सुनसरीको मार्टस स्कुल प्रथम भएको छ ।

यूनाइटेड अफ प्राइभेट स्कुल ‘यूपीएस’ इनरुवाको संयोजन तथा लर्डबुद्ध कलेज विराटनगरको आयोजना र प्रायोजनमा सम्पन्न हाजिरिजवाफ प्रतियोगितामा प्रिसियस एकेडमी द्धित्तिय, इनरुवा इङ्गलिश बोर्डिङ स्कुल तृतिय भएका छन् ।

१० विद्यालय सहभागि प्रतियोगितामा सान्त्वना पुरस्कार भने नवयुग एकेडमीले प्राप्त गरेको छ । उच्च शिक्षाका क्षेत्रमा अब्बल स्थान ओगट्दै आएको लर्डबुद्ध कलेजले पूर्वका विभिन्न क्षेत्रका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि जिल्ला जिल्लामा पुगेर शैक्षिक कार्यक्रम गर्दै आएको छ । यस वर्ष सुनसरी, मोरङ, झापा, उदयपुर, सिरहा र सप्तरीमा हाजिरिजवाफ प्रतियिोगिताको आयोजनाको गरिएको लर्डबुद्धका प्रिन्सिपल सीएम श्रेष्ठले बताए ।

प्रतिक्रिया

Loading...