fbpx

हेटौंडा गोल्डकप आर्मीको पोल्टामा, यो सिजनको छैटौ उपाधि जित्यो

हेटौंडा – हेटौंडा गोल्डकपको आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यस जितसँगै आर्मीले यो सिजनको छैटौं उपाधि जितेको छ ।

निकै रोमान्चक आजको खेल निर्धारित समय गोलरहित भएपछि अन्त्यमा पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा आर्मीले पुलिसलाई ४-३ ले हराउँदै उपाधि जित्न सफल भयो । आर्मीले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा र सेमिफाइनलमा मनाङ्लाई १-० ले हराएको थियो ।

पेनाल्टी सुट-आउटमा आर्मीका नवयुग श्रेष्ठ चुके भने सन्तोष तामाङ, दिप लामा, विकेश कुथु र विवेक बस्नेतले आफ्नो प्रहारलाई गोलमा परिणत गरेका थिए । अर्को तर्फ, पुलिसका सुमन लामा, अजित राज भण्डारी र दिनेश राजवंशीले आफ्नो प्रयास परिणत गर्दा तेज तामाङ र बुद्ध लामा चुक्न पुगे ।

गत साता रुस्लान नवौं सिमरा गोल्डकपको उपाधि जितेको आर्मीले त्यसअघि नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप, मेत्री नेत्रालय काकरभिट्टा गोल्डकप, सताक्षी गोल्डक र वीरगन्जमा विशाल स्मृति गोल्डकप जितेको थियो ।

मन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानले आयोजना गरेको हेटौंडा गोल्डकप प्रतियोगितामा त्रिभुवन आर्मीले ५ लाख र दोस्रो हुने महेन्द्र पुलिसले ३ लाख रुपैयाँ प्राप्त गरेको छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडीका रुपमा आर्मीका विमल पाण्डेले ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया

Loading...