fbpx

पहिलो खेलबाटै बाहिरियो एपीएफ


उत्तम पोख्रेल
कोशी अनलाइन
फागुन १२, मोरङ, मोरङको सुन्दरहरैंचामा जारी यमाहा सुन्दरहरैंचा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै एपीएफ दमक, झापा बाहिरिएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा पहिलो खेलमा नै एपीएफ दमक, झापाले शुन्यका विरूद्ध २ गोल खायो ।

सयपत्री यासोक पाँचथरका जर्सी नम्बर ४ का सुवास तामाङले खेलको ५७ औँ मिनेटमा पहिलो गोल गरे भने ७७ औँ मिनेटमा जर्सी नम्बर १३ का सन्तोष न्यौपानेले अर्को १ गोल थपे । त्यो गोल नै सयपत्री यासोक पाँचथरको जीतका लागि निर्णायक ।पहिलो खेलमै २ गोल खाएपछि एपीएफका लागि यमाहा सुन्दरहरैंचा गोल्डकपको ढोका भने बन्द भएको छ । विभागीयसहित आठवटा क्लबहरूले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगितामा सयपत्री यासोक पाँचथर, एपिएफ दमक, झापा,१नम्बर प्रदेशस्तरीय प्रहरी टिम रानी, विराटनगर, एलेभेन एरोज दुहवी सुनसरी, गाईघाट ँऋ उदयपुर, काकडभिट्टा ट्रेनिङ सेन्टर काकडभिट्टा, आयोजक एकता युवा क्लब मोरङ र द सेभेन युथ क्लब धनकुटाले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख ५१हजार एक सय ५१ रुपैयाँ पाउनेछन् भने दित्तीय हुनेले एक लाख एक हजार एक सय ११ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

Loading...