संसारकै सबैभन्दा छोटो पेन्सिल बनाएर विश्व कीर्तिमान

विश्व कीर्तिमानका बिभिन्न खबर तपाईले पढ्दै र सुन्दै आउनु भएको होला । विश्व कीर्तिमानहरु केही असामान्य हुन्छन् । मान्छेले रेकर्ड पनि अनौठा अनौठा राख्छन् । यसैक्रममा भारतका एकजना व्यक्तिले संसारकै छोटो पेन्सिल बनाएर वर्ल्ड रेकर्ड कायम गरेका छन् ।

उत्तराखण्ड राज्यको हल्द्वानीमा बस्ने प्रकाशचन्द्र उपाध्यायले विश्वको सबैभन्दा छोटो पेन्सिल बनाएर रेकर्ड कायम गरेको समाचारमा उल्लेख छ । उनले बनाएको पेन्सिलको लम्बाई ५ मिलिमिटर तथा मोटाई ०।५ मिलिमिटर रहेको छ । पेन्सिल काठ तथा ग्राफाइटबाट बनेको जनाईएको छ ।

४५ वर्षका उपाध्याय त्यहाँको एक मेडिकल कलेजमा आर्टिस्टको रुपमा कार्यरत छन् । उनी ३÷४ दिनमै दुनियाको सबैभन्दा सानो पेन्सिल बनाउन सफल भएका हुन् । सलाइँको काटीको प्रयोगबाट उनले पेन्सिल बनाएका छन् । सलाईँको काँटीको भित्र पेन्सिलको लिडलाई राखेर उनले संसारकै सानो पेन्सिल तयार गरेका हुन् ।

यसअघि पनि उनले दुईवटा विश्वकीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । सन् २०१५ मा विश्वको सबैभन्दा सानो किताब तयार पारी कीर्तिमान कायम गरेका थिए भने त्यसपछि विश्वको सबैभन्दा सानो हस्तनिर्मित धार्मिक पुस्तक, हनुमान चालिसा तयार गरेर अर्को रेकर्ड कायम गरेका थिए ।

प्रतिक्रिया

Loading...