के हरियो चन्द्रमा देखिने हल्ला साँचो हो ?

अहिले सामाजिक सञ्जालमा एउटा बिषय भाईरल बनेको । आगामी २० अप्रिलमा चन्द्रमाको रङ हरियो देखिने सोसल मिडियामा निकै हल्ला छ । हरियो रङको चन्द्रमा देखिने भन्दै अहिले तस्वीर तथा उस्तै खालका समाचारहरु शेयर गर्ने ट्रेण्ड चलेको छ ।

४ सय २० वर्षपछि उक्त दिन वरुण ग्रह चन्द्रमाको नजिक पुग्ने र सोही कारण चन्द्रमा हरियो रङमा बदलिने दाबी गरिएको छ । यसलाई धेरै पत्याएर शेयर पनि गरिरहेका छन् । तर यो हल्ला मात्र हो ।

आगामी अप्रिल २० मा पनि त्यस्तो कुनै घटना नहुने र चन्द्रमा आफ्ना पूर्ववत् स्वरुपमै रहने विज्ञहरुले बताएका छन् । यस अघि सन २०१६ मा पनि हरित चन्द्रमाको हावादारी हल्ला चलेको थियो । र २०१६ को मे २९मा चन्द्रमा हरियो बन्ने हल्ला फैलाईएको थियो । तर त्यो दिन चन्द्रमा हरियो भएन ।

प्रतिक्रिया

Loading...