fbpx

एटलान्टाका समर्थकहरुले गरे यी खेलाडीमाथी रंगभेद

एजेन्सी
युरोपा लिगको प्रिक्वाटरफाइनल अन्तर्गत जर्मन क्लब बोरुसिया डटमण्ड र इटालियन क्लब एटलान्टाबीच भएको खेलमा डटमण्डका स्ट्राइकर मिची बात्सुयाई रंगभेदको शिकार भएका छन् ।

एटलान्टाको घरेलु मैदानमा भएको खेलमा घरेलु दर्शकहरुले उनलाई जंगली बादरको आवाज निकाल्दै जिस्काएका थिए ।

आफु रंगभेदको शिकार भएपछी उनले आफ्नो टुइटर मार्फत २०१८ सालमा आएर पनि रंगवेदको आवाज उठ्नु नराम्रो भएको भन्दै आफ्नो पिडा ब्यक्त गरेका थिए ।

यसै विन्टर ट्रान्सफरमा चेल्सीबाट डटमण्ड भित्रिएका बात्सुयाईले उत्कृस्ट खेल प्रदर्सन गर्दै आइरहेका छन् ।

एटलान्टाको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । यस बराबरीसंगै डटमण्ड युरोपा लिगको अन्तिम १६ मा पुग्न सफल भएको छ ।

यस अघि पनि नेपोलीका खेलाडी क्यालिड़ो कउलिबेली माथी एटलान्टाका समर्थकहरुले रंगभेद गरेका थिए ।

प्रतिक्रिया

Loading...