fbpx

रियलका यी खेलाडी किन्न लिभरपुलले प्रस्ताव अगाडी बढाउने

एजेन्सी
आफ्नो क्लबमा गोल रक्षकको खडेरी मेटाउनको लागि लिभरपुल आतुर देखिएको छ । आउँदो समर सिजनमा लिभरपुलको प्रमुख लक्ष्य भनेकै भरपर्दो गोलरक्षक भित्र्याउनु हुनेछ ।

यसका लागी उसले इटालियन क्लब एस रोमाका गोलरक्षक एलिसन किन्न रोमासामु प्रस्ताव अगाडी बढाएको थियो । तर रोमाले एलिसनको लागी ८० मिलियन युरो मागेको थियो । जुन अहिलेको बजारमा एउटा गोलरक्षक लागी अत्यन्तै महँगो रकम हो । त्यसैले लिभरपुल यस प्रस्तावदेखी पछाडी हटेको हो ।

हाल आएर लिभरपुलको आँखा रियल म्याड्रिडका गोलरक्षक केलर नाभास माथी पर्न गएको छ । नाभासका लागी लिभरपुल २० मिलियन युरो तिर्न तयार रहेको बताइएको छ ।

हाल रियल म्याड्रिड आफ्नो क्लबमा नयाँ गोलरक्षक भित्राउने तरखरमा रहेको छ । यसका लागी उसले म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेबिड डी गिया र चेल्सीका गोलरक्षक थियागो कटियसलाई प्रमुख बिकल्पमा राखेको छ ।

प्रतिक्रिया

Loading...