इडेन स्कुलमा मेला आयोजना गरिने


कोशी अनलाइन
फागुन ११, मोरङ, विराटनगर–३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलमा ‘इडेन मेगा मेला-२०७४’ हुने भएको छ । स्कुलले आगामी शनिबार आफ्नै प्रांगणमा आयोजना गर्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको स्कुलका प्रिन्सिपल चिन्तामणि बस्नेतलले बताए । १२ गते हुने मेगा मेलाले बालबालिकालाई अघिल्लो पुस्तासित जोड्ने प्रिन्सिपल बस्नेतको भनाइ छ ।

शिक्षक, अभिभावक र विध्यार्थीबीच सम्बन्ध सुमधुर बनाउनका लागि मेला आयोजना गर्न लागिएको उनले बताए । मेगा मेलाको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार शोभा यात्राको आयोजना गरिएको छ । स्कुल परिसरबाट सुरु भएको शोभा यात्रा बुद्ध चौकबाट ठूलो मिल हुँदै पुनः स्कुल परिसरमै आएर समापन भएको थियो ।

शोभा यात्रा परिक्रमाको क्रममा विध्यार्थी, अभिभावक, स्कुलका कर्मचारी, शिक्षक तथा शिक्षिकालगायत विभिन्न जातजाती , भेषभुषा र संस्कृति झल्कने भाँकीसहित सर्वसाधारण सहभागी थिए । मेलामा जर्पे, मदानी, कुँडो, हल्लुड,हरिस,जुवा, कोदाली, हँसिया,ठेकी, पिरा, मानो,पाथी, ढिकी, ओख्ली र भखारीलगातका पुरातात्विक वस्तुहरु प्रदर्शनीमा राखिने आयोजकको तयारी छ ।

प्रतिक्रिया

Loading...