fbpx

नेपाली रास्ट्रिय क्रिकेट टोली आज नगदसहित सम्मानित हुँदै

काठमाडौं, फागुन ११ – विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले शुक्रबार नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विश्वकप छनोट खेल्ने नेपाली टीमलाई बिदाई पनि गरिनेछ । नेपाली टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ ।

प्रतिक्रिया

Loading...