fbpx

कोभिन हेभनलाई हराउँदै एथलेटिको मड्रिड पुग्यो अन्तिम १६ मा

एजेन्सी

आर्सनलसंगै एथलेटिको मड्रिडपनि युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छ।

बिहीबार राति नै भएको दोस्रो लेगमा एथलेटिको मड्रिडले कोभिन हेभनलाई १–० ले हराउँदै समग्रमा ५–१ गोल अन्तरको नतिजासहित प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

एथलेटिकोका लागि केभिन गमेरियोले सात औँ मिनेटमा गरेको गोलनै निर्णायक भएको थियो । यसअघिको पहिलो लेग ४–१ गोल अन्तरले एथलेटिकोले जितेको थियो ।

त्यस्तै फाबियो बोरिनीको गोलको सहयोगमा इटालियन क्लब एसी मिलानले बुल्गेरियाली क्लब लुडोगोरेसलाई हराउँदै प्रि–क्वार्टर फाइनलमा स्थान बनाएको छ ।

एथ्लेटिको मड्रिडले पहिलो लिग ३–० ले जितेको थियो ।

प्रतिक्रिया

Loading...